परेवाखबर संवाददाता
पुष १६ काठमाडौँ । भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ भन्ने नारासहित ७ औँ राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

विभिन्न संघ संस्थाहरुद्धारा राष्ट्रिय टोपी दिवसको अवसरमा माईतीघरमण्डलामा उपस्थित भएर दिवस मनाईएको हो ।

राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।

पछिल्लो समयमा पश्चिमी संस्कृतिको प्रभावका कारण टोपीको महत्व हराउँदै गएको र अस्तित्वनै लोप हुने खतरा रहेको अभियान्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय