काठमाडौँ । लोक दोहोरी कलाकारहरुको भलिबल प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठानको उपत्यका समन्वय समिति सुन्धाराले प्रथम स्थान हासिल गरेको छ । बिहिवारबाट सुरु भएको लोकदोहोरी क्षेत्रमा काम गर्दै आएका कलाकारहरुको भलिबल प्रतियोगितामा सुन्धारा समितिले प्रथम स्थान हाँसिल गरेको हो ।

प्रतियोगितमा प्रथम हुने सुन्धारा समितीलाई ४० किलो बराबरको खसी र १५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र केन्द्रिय समिति अध्यक्ष रमेश बिजी पुर्व अध्यक्ष चन्द्र शर्मा र महासचिव शुवास केसीले संयुक्तरुपमा प्रदान गर्नुभयो ।

प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठानको उपत्यका समन्वय समिति द्धितिय तथा कमलादि समन्वय समितिले तृतिय स्थान हाँसिल गर्दा केन्द्रिय समिति भने चौथो भयो । दोस्रो भएकोे समूहलाई ३० किलोको खसी, १० हजार नगद तथा मेडल र प्रमाणपत्र तथा तेस्रो भएको टोलीलाई २५ किलोको खसीसहित ५ हजार नगद प्रदान गरिएको छ । सुन्धारा समितिको आयोजनामा काठमाडौँको नयाँ बसपार्क ढोरपाटन क्लब नजिक रहेको खेल मैदानमा भलिबल प्रतियोगिता सञ्चालन भएको थियो ।

बिगत ६ बर्ष देखि निरन्तर लोक दोहोरी कलाकारहरुलाई समेट्दै सुन्धारा समितिले भलिबल प्रतियोगिता गराउदै आएको समिति अध्यक्ष सुजन लम्सालले जानकारी दिए । लम्सालका अनुसार उपत्यका समन्वय समिति मातहतका ९, केन्द्रिय समिति अन्र्तगत १ र प्रदेश नम्बर ३ का गरी कुल १२ समूह प्रतियोगितामा सहभागि थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय