आर के गुरूङगको स्वरमा नयाँ मौलिक चुड्का गीत ‘बारपाक सुलीकोट’ यूटुव मार्फत सार्वजनिक भएको छ ।

गायनमा सम्भावना बोकेका गायक आर के गुरूङ्ग, राजेन्द्र गुरूङ्ग र पवित्रा गुरूङ्गको स्वरमा रहेको गीत ‘बारपाक सुलीकोट’ ले संगीतको क्षेत्रमा नयाँपन दिने आशा गरिएको छ ।

शब्द र संगित दुबैमा अब्बल आर के गुरूङ्ग र राजेन्द्र गुरूङ्ग नेपाली कला क्षेत्रका उदाउँदा तारा हुन् । लुकेका हाम्रा लोक भाकाहरुलाई गित मार्फत सार्वजनिक गर्दै आइरहेका गुरूङ्गका यस अगि पनि थुप्रै गितहरु सार्वजनिक भएका छन् ।

विशेष गरि गुरूङ्ग समुदायलाई कला मार्फत अगाडि बढाउँदै आएका गुरूङ्गले ‘जाला जोवन, के छ खवररु, सौरपानी गाउँ गित सहित ८० भन्दा बढि गितहरु बजारमा आइसकेका छन् । यस गीतको म्यूजिक भिडियोलाई संगीतकार आर के गुरूङ्गले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय