बन्दना पोखरेल रामपुर पाल्पा

स्वावलम्वन सामाजिक उद्दमी महिला सहकारी सस्ंथा लि निस्दी ४ मित्यालमा ३ दिने सहकारिको क्षमता मापन तथा विश्लेषण तालिम सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, ग्रामिणआर्थिक संघ (रेडा) पाल्पाको आयोजनामा र सहकारिको समन्वयमा सम्पन्न भएको तालिममा सहकारी विकासका लागि आबश्यक पर्ने व्यवस्थापन गर्न सकिएको छ । गत पुष ४ गते बाट सुरु भएको तालिमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । प्रमुख अतिथि सारुले बोल्दै व्यावसाहिय दक्षतालाई सुधार गर्दै सिकेका सिपलाई व्यावहारमा उतार्रन आग्रह र्गनु भएको छ ।

सहकारिका अध्यक्ष र्तिसना खन्गाहाको अध्यक्षतामा भएको तालिममा सहकारिको सुशासनको हालको अवस्था सहकारिको वित्तिय व्यवस्थापन सस्थात विकास व्यवसाय विकास र सामाजिक पुजिको हालको अवस्थाको वारेमा विभिन्न आधारहरुमा रही सहभागितामुलक ढङ्गले सहकारिले गरेको कामको आधारमा क्षमता मापन गरिएको थियो ।  सहकारिले क्षमता बृद्धिका लागि कार्ययोजना पनि निर्माण गरेको छ  ।तालिमको सहजिकरण रेडा पाल्पाको कर्मचारि निरन्जन पङ्गेनिले र्गनु भएको हो ।

सस्थाका व्यवस्थापक झममाया सुनारीको स्वागतबाट सुरु भएको तालिममा ३० जना सहभागि भएका थिए । भने सचिव भक्तिमाया सुनारि तालिमको औपचारिक कार्यक्रम सन्चालन र्गनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय