परेवा खबर संवाददाता

काठमाडौँ२९ मंसिर । २०७५ सालकोे नुर(गंगा प्रतिभा पुरस्कारबाट गायिका कमला पोख्रेल सम्मानित हुनु भएको छ । राजधानीको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमका बीच उक्त प्रतिभा पुरस्कारका साथमा सम्मान प्रदान गरिएको हो।

गुठीका अध्यक्ष चुणामणि बन्धुको अध्यक्षता तथा सर्वोच्च अदालतकी पूर्व प्रधानान्यायाधीश सुशिला कार्कीको प्रमुख आतित्थ्यमा उक्त पुरस्कार वितरण गरिएको थियो।

वरिष्ठ पत्रकार एवं भोगोलीविद् भैरव रिसाल, लोकगायिका बिमा कुमारी दुरा, प्रा।डा। मुरारी प्रसाद रेग्मीलाई राष्ट्रिय सम्मानबाट सम्मान गरिएको थियो।
स्व। नुर प्रताव जबरा र स्व। गंगा राणाको स्मृतिमा २७ वर्षअघि उक्त प्रतिभा पुरस्कार स्थापना गरिएको थियो ।

पाल्पाको सोमादीमा जन्मनु भएकी गायिका कमला पोख्रेलले मदन पोखरा विशाल लोकतारामा विजेता बनेसँगै आफ्नो साँगितिक करियर सुरुवात गर्नु भएको थियो ।

गायिका पोख्रेलले नारायण रायमाझीसँगै स्वर दिनु भएको पछिल्लो समयको साँगीतिक एल्बम निरमायाँ ठुलीबाट अत्यन्त चर्चा कमाउन सफल पनि हुनु भयो । धेरै दर्शक स्रोताले उहाँको स्वरको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए,भने पछिल्लो समय गीतसंगीत क्षेत्रमा उहाँको डिमाण्ड पनि बड्दै गएको देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय