परेवाखबर संवाददाता

काठमाडौँ २६ मंसिर । संञ्चारकर्मी संझना पौडेलको गीत एकान्तमा रुने गरायौ एकाएक चर्चामा आएको छ ।

आजभन्दा दुई वर्ष अगाडी रेकर्ड गरिएको गीत स्रोता दर्शकले अत्याधिक मनपराएका कारण पुन सार्वजनिक गरिएको हो ।

यस गीतमा पौडेललाई गायक खेम राज फुयाँलले आवाजमा साथ दिएका छन् । माया र प्रेम वास्तममा सोचेको जस्तो नहुने रहेछ ।


झन परदेशिको पीडा कहालि लाग्दो पो हुने रहेछ भन्ने भावना गीतमा समेटिन खोजिएको छ । गीतमा चर्चित गायक तथा सर्जक रमेश श्रेष्ठको लय रहेको छ ।

पत्रकार महेश नेपालको शब्द रहेको गीतलाई निकै ब्यस्थ एरेन्जर गौरव गिरीले एरेन्ज गर्नु भएको छ ।


गीतको मुल मर्म बैदेशिक रोजगारीका कारण प्रेममा सफल हुन नसक्नु र लामो समय देख्न भेटन नपाउनु हो । विछोडको पृष्ठभूमिमा बाँच्नु पर्दाको पीडा यस गीतमा अत्यन्त मार्मिक र यथार्थ परक ढंगले उठान गरीएको छ ।

https://youtu.be/VqU5wWQ3UEo?t=76

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय