धनबहादुर ठाडा ,
पाल्पा मित्याल २३ मंसिर । लैंगिक हिंसा र दुव्यर्वहार , छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मित्यालमा सम्पन्न भएको छ।

निस्दी गाउँपालिका पाल्पाको सहयोग तथा निस्दी ४ मित्यालको आयोजनामा कार्यक्रम भएको हो। वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशा , मित्याल स्वास्थ चौकीका प्रमुख पुर बहादुर सारु , नेकपाका नर बहादुर सुनारी, नेपाली कांग्रेसका तास बहादुर कालुङ , गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले लैंगिक हिंसा न्यूनीकरणका विषयमा बोल्नुभएको थियो ।

महिला जनप्रतिनिधि तथा दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा रुक्सेभन्ज्याङ प्रहारी चौकी मित्यालका प्रमुख डेड बहादुर थापाले लैंगिक हिंसाको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन वडा सहायक सहबिर खनगाहाले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय