बन्दना पोखरेल मंसिर २२ रामपुर पाल्पा
वित्तिय साक्षरता सहितको सहकारि शिक्षा कार्यक्रम राम्चे सामुदायिक बनको सभा हलमा भएको हो । रामपुर बचत तथा ऋण सहकारी सस्ंथाको आयोजनामा आफ्ना सेयर सदस्यका विचमा गरेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सस्ंथाका कार्यक्रम अधिकृत भरत न्यौपानेको सहजिकरणमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकृत न्यौपानेले सहकारि र वित्तिय साक्षरताका बारेमा बताएका थिए । बचत गर्ने बानिले मान्छे जिबन स्थरमा सुधार ल्याउन सकिन्छ भन्दै निति र प्रबिधिबाट सन्चालित आफै मालिक हुन पाईने र जिबन स्तर उकास्न महत्वपूण भुमिका खेल्ने बताउनु भएको छ । त्यस्तै गरि सहजिकरणको क्रममा ऋण लिनु पूर्व ध्यान दिनु पर्ने कुरा र ऋण जुन प्रयोजनका लागि लिईएको हो त्यहि काममा प्रयोग र्गन ऋणलाई खास गरि आय मूलक काममा जसले जिबन स्तर उकास्न सहयोग पु¥याउछ त्यसमा मात्र लगाउन समेत सुझाब दिनु भएको छ ।
कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको गर्नु भएको हो । कार्यक्रमको सुरु अध्यक्ष श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरी भएको हो । करिव ४ हजार सेयर सदस्य रहेको सहकारिमा अहिले पहिलो साक्षरता कार्यक्रममा ३५० जना सेयर सदस्यलाई सहभागी बनाएको थियो । सस्थांका सन्चालक समिति सदस्य गरु प्रसाद रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब लेखनाथ र्शमा मरासिनीले र्गनु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय