बन्दना पोखरेल

 रामपुर पाल्पा

पूर्वखोला गाउपालिकालाइ पूर्ण संथागत सुत्केरी गाउपालिका घोषणाको सुनिश्चित गर्न पूर्वखोला गाउपालिकाको आयोजना तथा सुआहारा र बेसको समन्यन मा गर्भवती महिलाको लागी पोषण सम्बन्धी १ दिने अभिमुखीकरण गोष्ठी पूर्वखोला -१ सिलुवामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सुत्केरी महिला हरुलाइ स्वास्थ्य र सुरुक्षाको दृष्टि कोणले ज्यादै खतरा हुने हुदा यस्तो अवस्थामा स्वास्थयको ख्याल गर्दै नियमित रुपमा स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य सस्थामा जानु पर्ने र गर्व अवस्थामा थप पौष्टिक तत्व युक्त खाने कुरा खान आग्रह गर्नु भएको छ । १ दिने अभिमुखी करण तालिमको सहजिकरण नवलपरासि र नवलपूर सुआरा जिल्ला संयोजक कृष्ण गुरुङ र पूर्वखोला गाउपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकाले गर्नु भएको हो । कार्यक्रममा स्वास्थ्य कर्मचारी महिला स्वास्थ्य संयमसेविका , गर्भवती महिला गरि ४२ जनाको सहभागी रहेको थियो १ दिने गोष्ठी पूर्वखोलाका सबै वडाहरुमा गरिने स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी गराउनु भएको छ। यहि कार्तिक ७ गते पुर्बखोला गाउपालिकालाई पुर्ण सस्थागत सुत्केरी गाउपालिका घोषणा गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय