धन बहादुर ठाडा ,

मित्याल २० मंसिर । पाल्पा, निस्दी गाउँपालिका मित्यालमा आँखा शिविर सम्पन्न भएको छ। जापानीज नागरिक काजुमासा काकिमी ९ ओके बाजेको ० आर्थिक सहयोग तथा कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पा , नेपाल नेत्रज्योति संघ र लायन्स लौकाल आँखा अस्पताल तानसेन पाल्पाको आयोजनामा शिविर भएको हो।

शिविरमा निस्दी गाउँपालिकाका मित्याल , झिरुबास , अर्चले र ज्यामिरेका १ सय ८५ जनाले आँखा परिक्षण गराएका थिए। जसमा ४१ जना आँखाका बिरामीलाई निशुल्का शल्यक्रिया समेत गरेको थियो ।

लायन्स लाकौल आँखा अस्पताल तानसेनका डाक्टर अमृत बास्तोलाको नेतृत्वमा आएको चिकित्सकको टोलिले साह्रै राम्रोसँग आँखाको उपचार गरेको ८५ बर्षीय तिलतामा सोमैले खुशी हुँदै बताउनुभयो ।

गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा चालेको शिविरको व्यवस्थापन निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालले गरेको थियोे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय