एजेन्सी

भारतको हैदराबादको एक बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएपछि त्यहाँका स्थानियले खुशीयाली मनाएका छन् । स्थानियले फुलको वर्षा गराएका छन् । लडडु बाँडिएको छ । पुलिस जवानलाई काँधमा लिएर जयजयकार गरिएको छ ।

हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएका थिए ।

तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन्। मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका हुन्।

यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएको भनिएको जंगलमा गएको थियो। जहाँ उनीहरुले बलात्कारपछि महिलालाई जलाएका थिए।

जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुको मृत्यु भएको प्रहरीको दाबी छ। उनीहरु १४ दिनदेखि न्यायीक हिरासतमा थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय