काठमाडौं । नेपाली भान्छामा स्वादिष्ट खानाको लागि प्रयोग गरिने तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसालाको रूपमा प्रयोग गरिन्छ । दालचिनीको फाइदालाई हामीले यहाँ उल्लेख गरेका छौँ ।

– घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप नाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।
– जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी तथा ज्वरो ठीक हुन्छ ।
– दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
– मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय