काठमाडौँ १७ मंसिर । धरान उपमहानगरपालिका ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरले विजयी भएका छन् । उनले वडाध्यक्षको टिकट पाएपछि वडा सदस्यबाट राजिनामा दिएका थिए ।

आइतबार सम्पन्न मतगणनामा उनले ६२२ मत पाएका थिए । निकटतम प्रतिद्धन्द्धी कांग्रेस सुवर्णमोहन पलिखेले ६२१ मत ल्याएका थिए ।

एक मतको झिनो अन्तर भएपछि कांग्रेसले वदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणना गर्नु पर्नेमाग राखेको थियो । पछि सहमतमा पुनः मत नगन्ने गरी निर्वाचन आयोगले सुवेदीको जित घोषणा गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय