काठमाडौँ, मङ्सिर १७ गते ।   नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ ।

भलिबल– सागअन्तर्गत आज महिला र पुरुष दुवैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा हुने खेलमा महिलातर्फ स्वर्णपदकका लागि प्रतिस्पर्धा हँुदैछ । नेपालले शनिबार भएको सेमिफाइनल खेलमा साविक उपविजेता श्रीलङ्कालाई ३–० ले लगातार पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एशियालीस्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो पटक हो । यसअघि नेपालले सागमा तीन पटक कास्य पदकमा जितेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय