चन्द्रमाया रानामगर
रामेछाप रामपुर

अझै जिवित छ अन्धविश्वास गाउँ समाज शहर
पिडित भई बस्नुत कहाँ छ र नारीलाई रहर ।।

शिक्षा सिप नपाउँदा हुन्छ आर्थिक अभाव
बालविवाहले गर्दा हुन्छ, हाम्रो जिवन बर्वाद ।।

संविधानमा लेखिएको छ, सम्मान हक सम्मान अधिकार
खैत आज भएको व्यवहारमा महिला पुरुष बरावर ।।

हक अधिकारका कुराहरु कागजमै सिमित छन्
अमानवीय व्यवहारले नारी अझै पिडित छन् ।।

पशु सरह व्यवहार गर्छन् कतिपय ठाउँमा
खै त आज अधिकार दिलाएको नारीको नाममा

सम्मान छैन नारीलाई दुव्र्यवहार बढदै छ
एकान्तमा टोलाउदै नारी अझै रुदै छ ।।

देश विदेश सुनिन्छ, निर्मलामाथि भएको बलत्कार
अझै पनि पत्तो छैन् दोषिलाई लुकाएको छ ध्यान देउ सरकार

दोषिलाई झन ठुलो पदमा लगेर गरिएको छ सम्मान
निर्मलालाई न्याय देउ नगर है अपमान ।।

सपना र कल्पना सधै हुन्छ अधुरो
घाम विनाको जुन जस्तै हुन्छ सधै मधुरो ।।

जन्मिन सक्छ बालबच्चा अनाथ र अपाङ्ग
बालिविवाह गर्दा हाम्रो गन्तव्य नै हुन्छ भङ्गग ।।

बच्चा अनि आमाको स्वास्थयमा पर्छ है असर
बालविवाहको कारणले मृत्यु भएको सुन्छौ हामी खबर ।।

गाउँ समाजमा बढदै छ बालविवाह अन्गिन्ती
नगरौँ है बालविवाह गर्छु म बिन्ती ।।

छोरा जन्मिदा दियो बालेको देखे, छोरीलाई हेला गरेको देखे
जब बुढेसकालमा बृद्धाआश्रम लैजान्छ छोराले तर छोरीले नै बुवाआमालाई पालकोे देखे ।।

धन्यवाद

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय