काठमाडौं- प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे।

भँडेललेले २२ सय ४३ मतान्तरले ढकाललाई पराजित गरेका हुन्। यसअघिको निर्वाचनमा उक्त क्षेत्रमा नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसका जीवन खत्रीले भने ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए। अघिल्लो चुनावमा भन्दा यसपालि कांग्रेसले मत बढाएको छ। यसअघि नेपाल मजदुर किसान पार्टी उम्मेदवार निरज लवजुले ७ हजार १९ मत पाएका थिए। यसपाली भने उनले ५ हजार ८ सय २९ मात्रै ल्याएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय