लण्डन ।नेपालको विभिन्न जिल्लाबाट बेलायतआइ बसोबास गर्दै आएका सार्की समुदायहरु सङ्गठित भएका छन् । गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्ट, लण्डनस्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न  (सार्की, मिजार) हरुको भेलाले धन बहादुर सार्कीको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी (सार्की संघ) युकेको औपचारिक गठन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिवमा शर्मिला नेपाली, सचिवमा समसेर नेपाली, कोषाध्यक्षमा थमबहादुर रोका, सहकोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा आशा देवि रोका, धबिन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् । उक्त भेलाले सोसाईटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ । 

कार्यक्रममा सोसाईटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना सहित बधाई दिए । त्यस्तै, सोसाईटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । साथै, उक्त भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंग दिवस २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।

सिर्जनशिल नेपाली समाज युकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न उक्त भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायतका बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।  यसै गरि सदस्यहरुबीच एकअर्कामा सुख–दुःख बाँड्ने लगायतका उद्देश्यका साथ स्थापना भएको सोसाईटीले बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत आफ्ना समुदायका सदस्यहरुको हकहित तथा कल्याण र पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई उक्त संस्था स्थापना गरिएको जनाएको छ ।

भेलामा संयोजक धनबहादुर सार्कीले सार्की समुदाय बारे जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक धन बहादुर सार्कीले भेलामा सहभागी सबैलाई धन्यवाद दिदैं नवनिर्वाचित कार्यसमितिका साथीहरुलाई बधाई ज्ञापन गरे । कार्यक्रम व्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी बनाउन अभिप्रेरित गर्नुपर्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय