परेवा खबर संवाददाता ।
काठमाडौँ ९ मंसिर । अमेरिकामा रहेका नेपाली संघसंस्था र नेपाली समुदायले अमेरिकी राष्ट्रपति भवन अगाडी भारतले गरेको सीमा अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने तयारी भएको छ ।
ह्वाईट हाउस स्थित लाफेएट उद्यान ९पार्क ०मा डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भैरहेको अयोजकले जानकारी दिएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा अयोजित दुर संचार प्रणाली९ टेली कन्फेरेन्स कल ० को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक विरोध कार्यक्रम गर्ने योजना बनाएका हुन् ।
भारत बिरुद्ध जुलूस प्रदर्शन गर्नको लागि व्यापक प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन गतिबिधिहरु सुरुवात गरि सकेको अयोजकले जानकारी दिएको छ । उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।
जहाँ सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघसंस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् । आयोजक समुहले सबैलाई आन्दोलनमा सहभागी भएर गरिएको प्रयासलाई समर्थन गर्न अपिल गरेका छन् । भारतलाई नेपालीहरु जहाँसुकै भए पनि नेपालीहरूले नेपालको भूमिको अतिक्रमण हुन दिदैनन्
भनि स्पष्ट रुपमा सन्देश पठाउन आग्रह गरेका छन् ।
सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा रहनुुहुने नेपालीहरुले एक जुटभै ईतिहासमै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनगरेका थिए ।
। यसपटको विरोध प्रर्दशनमा पनि पहिलेको भन्दा व्यापक सहभागिता हुने अपेक्षा गरिएकोआयोजकले जनाएको छ ।
नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू नामक नारा सहित व्यापक तयारी साथ सबैलाई ऐक्यबद्धता जनाउन र सशक्त सहभागिताको लागि आव्हान गरिएको छ ।
गत नोभेम्बर २३ का दिन बसेको बैठकमा एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी,प्रा डा अम्बिका अधिकारी,नासाका पूर्व अध्यक्ष बिमल नेपाल ,आन्माका अध्यक्ष बलराम पन्थी ,नासाका अध्यक्ष बिनय अर्याल ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,आन्माका दिभाकर दाहाल ,नासाका महा सचिव कृष्ण श्रेष्ठ ,डिजे गोर्खाली तथा एएनएका महासचिव विजय भट्टराईको उपस्थिति रहेको थियो ।
पहिलो बैठक र दोश्रो बैठकले विरोधको लागि चाहिने अत्यन्तै आवश्यक सामाग्रीहरुको सूची तयार गर्नुको साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी बिभाजन गरेको छ । प्रेस बिज्ञप्ति९छापा ०को लागि लेखनमा रोजर अधिकारी तथा प्रा अम्बिका अधिकारीले जिम्मेबार लिनु भएको छ भने बिरोध प्रदर्शन गर्ने ठाउँको अनुमति लिनका लागि खगेन्द्र अधिकारी ,कुलमणि आचार्य तथा सुरेश सापकोटालाई जिम्मेबारी सुम्पिएको छ ।
साथै त्यहा चाहिने ध्वनि प्रसारणको व्यवस्थापनमा डिजे गोर्खाली तथा सुरेश सापकोटाले जिम्मेबार लिएका छन । उक्त प्रदर्शनको लागि बिभिन्न नारा सहित प्रचार प्रसार सामग्री ९प्लेकार्ड (बिज्ञापन पत्र ०तुल ,झन्डाको लागी विजय भट्टराईलाई जिम्मेबारी दिइएको छ ।
यसै गरि पत्राचारको जिम्मेबार प्रा अम्बिका अधिकारी ,डा अनुप पहाडी र रोजर अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रम सफल बनाउनकालागि कोषको आवश्यक पर्ने हुनाले छलफल गर्ने र सबैलाई सहयोगको लागि आब्हान गर्ने निर्णय गरेको छ ।
यसलाई व्यापक बनाउन सामाजिक संजालको भरपुर फाइदा लिनु पर्ने हुनाले व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।
संचार माध्यमका सबै उपाय प्रयोग गरि सबै नेपाली समुदाय ,संघसंस्थालाई अवगत गराउन कुनै कसर नछोड्ने निर्णय समेत गरेको छ । संचार माध्यममा व्यवस्थापनका निम्ती डिसीबाट विजय थापा ,नर्थ क्यारोलाइनाबाट बिनय अर्याल ,टेक्ससबाट विजय भट्टराई तथा कोलोराडोका शैलेश पोख्रेललाई जिम्मवारी सुम्पिएको छ । मूलधारका संचार माध्यमलाई उक्त बिरोध प्रदर्शनमा ल्याउन निमन्त्रणा पत्र पठाउनुको साथै बिरोध प्रदर्शन पछि संचार अभियान चलाउने निर्णय समेत गरेको छ ।