परेवा खबर संवाददाता

काठमाडौँ ८ मंसिर । मस्तिष्क घात भई अस्पताल भर्ना हुनु भएका पाल्पा पुर्वखोला निवासी पूर्ण बहादुर आलेलाई आर्थिक सहयोग मिलेको छ ।

नेपाल मगर संघ पाल्पा काठमाडौँ सम्पर्क समितिले आलेलाई हिजो एक कार्यक्रम गरी रु ४०,२५५ हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कम्जोर भएका आलेको काठमाडौँको वीर अस्पतालमा उपचार भईरहेको छ । रकम हस्तान्तरण कार्यक्रममा मगर संघ पाल्पा काठमाडाँँै सम्पर्क समितीका संरक्षक इन्द्र बहादुर झेँडी, सल्लाहाकार दिल बहादुर झेँडी, अधिवक्ता मान बहादुर आले लगाएतको उपस्थित रहेको थियो ।

आकास आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता गोपाल राना मगरले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय