बन्दना पोखरेल रामपुर पाल्पा

सामुदायिक बन सम्बन्धि सब डिभिजन बन कार्यालय स्तरिय सामुदायीक बन हरूकाे अन्तर्कृया नेटवर्किङ गोष्ठी रामपुरमा सम्पन्न भएको छ । राम्चे सामुदायिक बनको सभा हलमा भएको गोष्ठीमा नगर क्षेत्र भित्रका सामुदायिक बनका उपभोक्ता समितिका अध्यक्ष ,पदाधिकारीहरु ,सामुदायिक बन महासघका प्रतिनिधि पदाधिकारी पत्रकारको सहभागीतामा बनको दीगो बिकासका बारेमा सम्बन्धित पक्षको भुमिका िबषयमा छलफल भएको थियो ।सब डिभिजन बन कार्यालय रामपुरका प्रमुख मरिच कुमार लामाको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथी सामुदायिक बन महासंघ का केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सरकारले उपभोक्ताको भावना बिपरित ल्याइएको नितिले बनको संरक्षण हुन नसक्ने बताउनु भयो ।उहाँले समुदायले संरक्षण गरेको बन प्रत्येक्ष उपभोक्ताको पक्ष मा नभएको बताउदै कर सम्बन्धि एन पुन बिचार गर्न आग्रह गर्नु भएको छ । डिभिजन बन कार्यालय तानसेन पाल्पा र रामपुर सब डिभिजन बन कार्यालय को आयोजनामा भएको गोष्ठीमा प्रत्येक सहभागीले आफ्ना भनाइ राख्नु भएको कार्यक्रमको सन्चालन बन रक्षक महमद सरिफ मुस्लमानले सन्चालन गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय