काठमाडौँ,५ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई मन्त्री पद बाट हटाईएसँगै सामाजिक सञ्जालमा चर्काे आलोचना भईरहेको छ । । विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ ।

लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै सुधार गरेको र केही काम प्रक्रियामै रहेकाले उनलाई हटाउन नहुने जानकारहरू बताउँछन् ।


मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउन गरिएको पहल, केही खाडी मुलुकसँग गरिएको फ्री भिसा र फ्री टिकट सम्झौता, वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, म्यानपावर कम्पनीहरूलाई जबाफदेही बनाउन चालिएको कदम, आफ्नै प्रदेशबाट श्रम गर्न मिल्ने व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामले परिणाम देखाएका मन्त्री विष्ट यति बेला विभिन्न क्षेत्रका माफियाहरूका नजरमा गडेका छन् ।

मन्त्री विष्टलाई हटाउन नेपाली मात्र होइन मलेसियाकै कतिपय गिरोह महिनौँदेखि लागिपरेको चर्चा पहिले पनि चलेको थियो । उनलाई हटाउन र आफ्नो पुरानो साम्राज्य चलाउन वैदेशिक रोजगारमा संलग्न कतिपय व्यवसायी र वैदेशिक रोजगारीकै मेडिकल सञ्चालकहरू लागिपरेका थिए ।

मन्त्री विष्टकै कार्यकालमा वैदेशिक रोजगार विभागमा हुने भ्रष्टाचारमा पनि कमी आएको विभागकै एक कर्मचारीले बताए । उनका अनुसार पहिले दिनदिनै कर्मचारी र बिचौलिया रङ्गेहात पक्राउ परेका समाचार आउने गरेको र अहिले त्यस्ता घटना शून्यमा झरेका छन् ।

२०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय