काठमाडौं, ४ मंसिर।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिएको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको कार्यकारी अध्यक्षको काम कारबाही गर्न अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिएको हो। केपी ओली भने पाँचै वर्ष प्रधानमन्त्री रहने सचिवालयको निर्णय छ।


प्रचण्डले कार्यकारी अधिकार पाएपनि दुवैको बरियता भने समान रहने छ। अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन्।
पार्टी एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको थियो। त्यो नभए आफुलाई कार्यकारी अधिकार दिन उनले माग गर्दै आएका थिए । एक महिनाअघि नै ओली प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन तयार भएका थिए । यसमा माधव कुमार नेपाल लगायत नेता भने असन्तुष्ट रहेको स्रोत बताउँछ ।
बैठकमा नयाँ मन्त्री छनोटबारे पनि छलफल भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय