कुशल अर्याल ३ असार काठमाडौँ । नव गायक मानव कालुङ्ग मगरको मौलिक सालैजो गीत रामपुरको फाँटैमा एकाएक चर्चामा आएको छ । पाल्पाको रामपुर र निस्दी गल्धा को सेरोफेरोमा प्रकृतिको भाव सँगै मायाँ प्रेम साटासाट गरेको कल्पना गरि बनाइएको उक्त सालैजो भाकाको गीत अहिले पश्चिम नेपाल विशेषत पाँच नम्बर प्रदेश क्षेत्रमा निकै चर्चा पनि पाएको छ ।

मौलिक शब्द स्थानिय लवज चयन  गरी बनाइएको सो गीत धेरैले मन पनि पराएका छन् ।
“निस्दीको खेतमा धानैको बाला सालैजो झुलेको आलीमा
देखेको हजार बैशको नजर सालैजो जोवनको लालीमा”
यो मायाँले खै केके गरायो दिनमा भोक रातमा निद हरायो
जस्ता मार्मिक शब्द जाल यस गीतमा बुनिएको छ ।

चर्चित  साहित्यकार तथा सर्जक गायक गम बयम्बु मगरले यस मौलिक सालैजो भाकाको शब्द रचना गरेका हुन भने उनी हाल वैदेशिक रोजगारको सिलसिलामा मलेसिया छन् । त्यस्तै यस सालैजो भाकामा सुमधुर स्वर गायिका  लक्ष्मी परीयारले दिएकी छिन् ।

 

पाल्पाको निस्दी गाउँपालिका साविक गल्धा गाविस गाबुडाँडामा जन्मिएका मानव कालुङ्ग नव गायक हुन भर्खरैमात्र गीत सँगितको क्षेत्रमा पाइला चाले पनि उनलाई पहिलो यात्रा मा नै सफलता मिलेको छ । अमृत साइन्स कलेज ठमेल काठमाडौँमा विएसी चौथो वर्षमा पढ्दै गरेका मानव स्वर साधना संगित पाठसाला स्वयम्भु संगित विद्यालयमा पहिलो वर्षको संगित अभ्यास पनि गर्दै छन् ।

सानै देखी गीत संगित क्षेत्रमा रुचि राख्ने उनी गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुने गर्दथे । “मेरो सानै देखी गीत संगीतमा रुची थियो मेलापात घाँस दाउरा जाँदा क्लबहरुको कार्यक्रममा गीत गुनगुनाउने पनि गर्थेँ एल्बम निकाल्ने इच्छापनि थियो र पुरा पनि भयो दर्शक श्रोताहरुले राम्रो प्रतिकृया पनि दिनु भएको छ । यसबाट मलाई हौसला, प्रेरणा पनि मिलेको छ अजै यस क्षेत्रमा अघि बड्नका निम्ती हौसला पाएको छु मानव बताउँछन् ।

उनले पहिलो गीतमा पाएको सफलता सँगै दोस्रो एल्बम कौडा भाका “ए कान्छी” लिएर छिटै बजारमा आउने बताएका छन् ।

भिडियो हेर्नुस

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय