काठमाडौं ३ मसिर । नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आशन्न उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखिएको कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले उपनिर्वाचनसँगै देशको समसामयिक राजनीतिमा केन्द्रित भएर पत्रकार सम्मेलन आयोजना गरिएको बताउनुभयो । मंसिर १४ गते देशका विभिन्न स्थानमा रिक्त रहेका तीनै तहका विभिन्न पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रमुख दलहरु प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा केन्द्रित भई प्रचार प्रसामा लागिरहेका छन् । प्रतिनिधिसभा तर्फ कास्की २ र प्रदेशसभा तर्फ भक्तपुर, बाग्लुङ र दाङमा उपनिर्वाचन हुदँैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय