रामपुर पाल्प
निस्दी गाउँपालिका भिरपानि स्थित गोरखनाथ आधारभुत विद्यालयलमा अक्षयकोष स्थापना भएको ।रामपुर नगरपालीका वडा न ५ िनबासी श्रेष्ठ दाजुभार्इले आफ्ना स्वर्गीय मातापिताको सम्झनामा अक्षयकोष स्थापना गरिएको मनकामना अटो वर्क सपका सन्चालक अर्जुन श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार आफ्ना स्वगिय माता यानिदेवि श्रेष्ठ र पिता कृष्ण प्रसाद श्रेष्ठको स्मृतिमा २० हजारको अक्षयकोष स्थापना गरिएको छ । बालकृष्ण श्रेष्ठ, सुन्दर श्रेष्ठ र अर्जुन श्रेष्ठ तिन जना दाजुभाई मिलेर जिल्लाकै विकट गाउँमा यो स्थापना गरिएको छ । गोरखनाथ आधारभुत विद्यालयमा पुस्तकालय सन्चालनार्थ साथै गरिव तथा जेहेन्दार विद्यार्थिलाई छात्रबृद्धिका लागि स्थापना गरिएको यो बताउदै आगामी बर्षपनि आवश्यकता अनुसार सहयोग गर्ने जानकारी दिनु भएको छ । सुगम र सहज भन्दा आवश्यकता अनुसार दुर्गम र पछाडी परेको ठाउँमा सहयोग गर्न पाउदाँ आफूहरु खुशि भएको बताउनु भएको छ ।
गरिवीका कारण विद्यालय विचमै छोड्ने समस्या, पढ्न कापी किताव कलम किन्न, आफ्ना पोशाक किन्न गाह्रो हुने समस्या रहेको यस क्षेत्रमा केहि बालबालिकाका लागि भए पनि यो सहयोगले सहयोग हुने विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर सोमैले जानकारी दिनुभएको छ । उहाँका अनुसार घरआएसी आर्थिक समस्याका कारण विद्यार्थीहरु नियमित विद्यालय नआउने समस्या केहि हद सम्म भएपनि समाधान हुने बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय