कार्तिक २७
रामपुर पाल्पा
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) रामपुर नगरपालिका बडा न १० होस्दी मगरे टोलको टोल भेला सम्पन्न भएको छ । टोल भेला टोल कमिटि अध्यक्ष टुक बहादुर रानाको अध्यक्षतामा भएको हो । प्रदेश न ५ का प्रदेश संगठन कमिटि सल्लाहाकार सदस्य युवराज खनालको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्दै सल्लाहाकार सदस्य युवराज खनालले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार समपुरक बजेट बाटोका लागि होस्दी मगरे मधुकोट जव्गादि मोटर बाटो ट्राक्क खोल्न छुट्टाईएको बताउनु भएको छ । खनालले बोल्दै विकासको र्पुवाधार मोटर बाटो नपुगेको यस क्षेत्रमा मोटर बाटो र्पुयाउन सरकार लागि परेको बताउदै समस्या समाधानका लागि सदैव तत्पर रहने यस क्षेत्रमा खाने पानिको समस्या समेत रहेको यस क्षेत्रमा समस्या समाधानका लागी पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ
नेकपा बडा कमिटि सदस्य विष्णु बहादुर कुवरको स्वागत बाट सुरु भएको भेलामा स्थानियको तर्फ बाट बोल्दै मेख बहादुर सारुले यहाँ भड्काउने तत्वहरु सकृय भएको अबस्थामा स्थानियहरुलाई झुक्काउनेलाइ हामी एक हौ भन्ने सन्देश दिन चाहान्छु भन्नु भएको छ । अर्का स्थानिय चोला कुवरले राज्यको लगानी सिमान्तकृत बस्तिमा बढाउदै लैजान आग्रह समेत र्गनु भएको छ । उहाँले बोल्दै केहि सन्चार माध्यम र सामाजिक सन्जालहरुका मगरे गाउँ सवै अन्य पार्टिमा प्रवेश गरेको भनेर आएको प्रति आपत्ति जनाउदै स्थानियले आक्रोश पोखेका छन् । हामि सवै सधै एक रहेको बताउदै कुबरले बाटोको भेला भनेर सवेैलाइ झुक्काईएको हो भन्दै हामि जहिले नेकपाका कार्यर्कता रहेको बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय