काठमाडौ २७ कार्तिक । मलेशियाको मानव अधिकार आयोगमा नेपालीले पनि उजुरी गर्नसक्ने” भएका छन् । हाल लाखौँको सङ्ख्यामा नेपालीहरू विभिन्न देशमा कामदारका रूपमा कार्यरत रहेका छन्।

कतिपय देशमा कामदारका रूपमा गएका नेपालीहरूले त्यहाँ विभिन्न खालका यातना भोगेको र शोषणमा परेको भन्ने खबरहरू सार्वजनिक हुने गर्छन्।

कतिपय अवस्थामा कामदारहरू न्यूनतम मानवअधिकारबाट समेत वञ्चित हुने गरेको र घरेलु कामदारहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका विवरणहरू सार्वजनिक हुने गर्छन्।

आप्रवासी कामदारका यस्तै समस्याहरूबारे छलफल गर्न आप्रवासी कामदारहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलवारदेखि काठमान्डूमा सुरु भएको छ।

सम्मेलनमा नेपाल सहित २८ वटा देशका सरकार र मानवअधिकार आयोगका प्रतिनिधिको सहभागिता रहेको आयोजक राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

आयोगका प्रवक्ता  वेदप्रसाद भट्टराईले बीबीसीसँग कुराकानी गर्दै उक्त सम्मेलनका क्रममा केही देशहरूका मानव अधिकार आयोगसँग नेपाली कामदारको मानवअधिकार बारे केही सम्झौता पनि हुन लागेको बताएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय