एमबाप्पे

एमबाप्पे

एमबाप्पेको गति हेर्दा लाग्थ्यो, फ्रान्सले सन् १९९८ पछि दोस्रो पटक विश्वकपको ट्रफी उचाल्छ। फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्वकप उपाधि उचाल्दा एमबाप्पे जन्मिएका थिएनन्। हाल फ्रेन्च टिममा उनी त्यस्ता एक्ला खेलाडी हुन्, जो फ्रान्सले पहिलो पटक विश्वकप जितेपछि जन्मिएका थिए।

२० डिसेम्बर १९९८ मा जन्मिएका एमबाप्पेले गत सिजन व्यावसायिक फड्को मारेका थिए। मोनाकोलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाएपछि उनले अर्को फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी रकममा आबद्ध हुने सम्झौता गरेका थिए। हाल भने लोनमा पिएसजीमा आबद्ध छन्।

यो सिजन सुरु भएपछि उनी १ सय ८० मिलियन युरो (२३ अर्ब नेपाली रुपैयाँ) मा पिएसजीमा जाने सम्झौता भइसकेको छ। योसँगै उनी विश्वककै दोस्रो महँगा फुटबलर भएका थिए। सर्वाधिक महँगा खेलाडी भने ब्राजिलका नेइमार हुन्। उनी २ सय मिलियन युरोमा पिएसजीमै आबद्ध भएका थिए।

 एमबाप्पे

एमबाप्पे

सिजनमा नेइमारसँगै लिग खेल्दा एमबाप्पेले २७ खेलमा १३ गोल गरे।

युवा अवस्थामै युरोपियन लिगमा तहल्का मच्चाएका एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ। उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने, शान्त तर बहादुर, क्षमतामा आत्मविश्वास उनका गुण हुन्।

‘उनको प्रदर्शन साँच्चै गजब छ। बल अगाडि बढाउने तरिका र तीव्रता उनको बलियो पक्ष हो’, इंग्ल्यान्डका पूर्व कप्तान एलन सेएरर भन्छन्, ‘१९ वर्षको उमेरमै उनले मेसीको टिम विरुद्ध गरेको प्रदर्शन उत्कृष्ट थियो।’

सन् २०१६–१७ को सिजन मोनाकोबाट उत्कृष्ट प्रदर्शन गरेपछि एमबाप्पेको चर्चा चुलिएको थियो। उनले मोनाकोलाई फ्रेन्च लिग जिताउन उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४४ खेलमा २६ गोल गरेका थिए। त्यो सिजन मोनाकोले घरेलु लिगमा मात्र होइन, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

त्यसपछि सर्वत्र उनको चर्चा हुन थाल्यो। राष्ट्रिय टिममा सजिलै ठाउँ पाए। पेरिसमा जन्मिएका एमबाप्पेले गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले राष्ट्रिय टिमबाट १९ खेल खेल्दा ७ गोल गरिसकेका छन्। ७ मध्ये ३ गोल उनले जारी विश्वकपमा गरेका हुन्।

शनिबार अर्जेन्टिनालाई पराजित गर्ने क्रममा २ गोल गरेसँगै एमबाप्पेले २०औं शताब्दीका महान् फुटबलर पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। उनले ‘टिनएज’मा विश्वकपमा २ गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले स्विडेन विरुद्धको फाइनलमा २ गोल गरेका थिए। उनकै गोलबाट ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

पेले जस्ता महान् खेलाडीसँग तुलना गर्दा खुसी लागेको छ। तर, पेलेको क्षमतासँग मलाई तुलना गर्न मिल्दैन’, एमबाप्पेले भने।फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो।

६० वर्षपछि पेलेको कीर्तिमानसँग बराबरी गरेका एमबाप्पेलाई ‘२१औं शताब्दीका पेले’ समेत भन्न थालिएको छ।

फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो।

लाग्थ्यो, अब अर्जेन्टिनाका जर्सी नम्बर १० को समय सकिएको छ, फ्रान्सको १० नम्बर जर्सीको समय सुरु भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय