कातिर्क २५

रामपुर : कालीगण्डकी वेशीकै पहिलो रेडियो सामुदायिक रेडियो रामपुर एफ एम् १०३ दशमलव ६ मेगाहर्जले ११ औँ वार्षिकोत्सवको अवसरमा पर्यटकीय तालपोखरा परिषरमा सरसफाई कार्यक्रम गरेको छ ।सोमवार संचालक समितिका अध्यक्ष बासुदेव देवकोटाको अध्यक्षतामा तालपोखराको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिषर, तालपोखरा वरिपरिको क्षेत्र, तालपोखरा पार्कमा सरसफाई कार्यक्रम भएको छ ।

 कार्यक्रममा प्रदेश सभा सदस्य युवराज खनालले रेडियोले कालीगण्डकीवेशी क्षेत्रका नागरिकलाई रेडियोको माध्यमबाट राम्रो सुचनाको पहुँच पुर्र्याउन सफल भएको बताउनुभयो । गाउँघरका खबर रेडियोको माध्यमबाट जनतालाई सुसुचित बनाएको बताउँदै प्रदेश सभा सदस्य खनालले यसले समुदायको विकासमा ठुलो भूमिका खेलेको बताउनुभयो ।

 विसं २०६५ सालमा स्थापना भई संचालनमा आएको रेडियोले कालिगण्डकीवेशीका जनतालाई सूचना सन्देश प्रवाह गर्दै आएको छ । पाल्पा, स्याङ्गजा, तनहु र नवलपरासीको संगम रामपुरमा आवाज बिहिनहरुको आवाज बनेर, आधुुनिक कृषि व्यवसायमा उन्मुख गराउदै स्थानीय विकास, आवश्यकता र सम्भावनालाई संचारको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उठाउदै स्थानीय ठाउँको पहिचान गराउने उद्धेश्यका साथ सामुदायिक जनसहभागीतामा स्थापना र संचालन हुदै आएको छ । २०६५ साल कार्तिक २६ गतेका दिन सुरु भएको रेडियो १० औँ वर्ष पुरा गर्दाको आजको अवस्थामा सामुदायिक रेडियो रामपुरको नौ सय भन्दा बढी आजिवन सदस्य र बिशिष्ट आजिवन सदस्य, आफ्नै दुई तलाको पक्की भवन, २० वटा एक घरधुरी उपभोक्ता सामुदायिक वन संग साझेदारी गरी काम गर्दै आइरहेको छ । रेडियोले कृषि, स्वास्थ्य, शिक्षा, बालबालिका, महिला लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।

 नागरिकलाई आफ्नोपनको महसुस दिएको र यसरी नै आगामी दिनमा पनि गाउँघरमा लुकेर रहेका खबरलाई रेडियोको माध्यमबाट उजागर गर्न अनुरोध गर्दै वार्षिकोत्सव सफलताको शुभकामना दिनुभएको छ । सरसफाई कार्यक्रममा रेडियो संचालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहकार, साझेदारी संस्था, दानदाता, विभिन्न संघ संस्था, गोरख दल गण रामपुर सुरक्षा बेस क्याम्पका नेपाली सेना, ईलाका प्रहरी कार्यालय, आमा समुह, महिला समुह, जनप्रतिनिधि, तापोखरा संरक्षण समिति, उद्योग वाणिज्य संघ, आजिवन तथा बिशिष्ट आजिवन सदस्य, कर्मचारी एवम् सरोकारवालाको सहभागीता रहेको थियो । तालपोखरालाई प्राथमिकता दिएर रेडियोले सरसफाई कार्यक्रम आयोजना गरेकोमा तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले धन्यवाद दिनुभएको छ ।

Top of Form

Bottom of Form

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय