काठमाडौँ,२५ कार्तिक ।  विभिन्न सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका अघोरी बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

हालै मात्र अमेरिकाबाट फर्केकी एक महिलासँग बिहे गरेको बताउने ‘भाइरल बाबा’लाई ठगीको आरोपमा नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।

वास्तविक नाम विजय केसी रहेका ‘भाइरल बाबा’ले मान्छेहरुलाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोप प्रहरीको छ। आरोप लागेपछि उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरे। भने, ‘ठगीको गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो।’

भाइरल बाबासँगै उनकी पत्नी पनि पक्राऊ परेकी छिन्। उनीसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित बनेका योगीसँग विवाह गरेकी शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । बौद्धबाट प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएकाे तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताए ।

दुवै पक्षलाई राखेर अहिले बौद्ध प्रहरीमा छलफल भइरहेको छ ।

source nepallive.com

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय