सिके पराजुली

भगवानले सबैलाई धन र मन दुवै विरलै दिएका हुन्छन् । कोही सँग प्रशस्त धन हुन्छ भने खुल्ला हृदयको मन हुँदैन,कोही सँग खुल्ला हृदयको विशाल चौडा भएको मन हुन्छ भने र्दुभाग्य धन हुँदैन र कोही सँग धन पनि हुँदैन र मन पनि । तर संसारमा कोही त्यस्ता व्यक्ति पनि छन् जोसँग सामान्य खालको धन भएता पनि विशाल मन छ । हो उनै मध्येका एक मनकारी व्यक्तिको पवित्र नाम हो  सिके पराजुली 

हाल अमेरीकाको एटलान्टा सहरमा स–परिवार बस्दै आउनु भएको सिके पराजुलीको जन्म कास्की जिल्लाको चापाकोट पामेमा एक साधारण परिवारमा भएको हो । सानै देखी सामाजिक क्षेत्रमा रुची राखने उहाँ अमेरीका प्रवेश गरे पछि पनि नेपालका विभिन्न ठाउँमा विभिन्न शिर्षकमा विशेष गरी आर्थिक अभाव भएका शिक्षा स्वास्थ्य बाट बञ्चित भएका बालबालिका तथा अन्य साधारण व्यक्तिहरुलाई आर्थिक  सहयोग गर्दै आईराख्नु भएको छ ।

नेपालमा उहाँले गरेका सहयोगको कुनै गणना गरी साध्यपनि छैन र गणना गरेर पनि  सकिदैन पछिल्लो  हप्तामा मात्र उहाँले पाल्पा जिल्लाको गल्धा गाविसमा रहेको विद्यालयमा अपाङ्ग गरिब र जेहन्दार विद्यार्थीको लागि रु ३१ हजार, कास्कीको विकट क्षेत्रमा विरामीहरुका लागि एम्बुलेन्स सेवाका लागि नेतृत्वदायि भुमिका र विभिन्न जिल्लाहरुमा गरिब बालबालिकाहरुका लागि शिक्षाको पहुँच बढाउने उदेश्यका साथ संचालन गरिएको प्रेरक छात्रवृतिमा लाखौँको सहयोग गर्दै आईराख्नु भएको छ ।

“म विदेशी भुमीमा भएता पनि नेपालमा रहेका कोही पनि बालबालिकाहरुले आर्थिक अभावका कारण शिक्षा,स्वास्थ्य जस्ता आधारभुत मौलिक अधिकारबाट बञ्चित हुन नपरोस मेरो सानो सहयोगका कारण ति बालबालिकाहरुको भविष्य उज्वल हुन्छ परिवर्तन हुन्छ भने मैले किन सहयोग नगर्ने उनीहरुको खुशी र सन्तुष्टिनै मेरो खुशी अनि सन्तुष्टि उहाँले भन्नु भयो ।   अमेरीकामा तपाई जस्ता हजारौँ नेपालीहरु पनि छन् सहयोगको याचना गर्दा अरुले त्यति सहयोग गर्दैनन र मान्दैनन पनि तपाईले चाहि किन नि ? भनी परेवा खबरले गरेको प्रश्नको उत्तर दिदै पराजुलीले भन्नु भयो मलाई अरुले के गर्छन गर्दैनन भन्दा पनि पिडामा छटपटाईरहेको व्यक्तिलाई मेरो सहयोगले मलम पटी गरी उनीहरुमा देखीएको मुहारको खुशी नै मेरो खुशी हो म त्यसैमा सन्तुष्ट छु र हुन्छु पनि ।

नेपालमा छँदैपनि विभिन्न सामाजिक क्षेत्र र सामाजिक सेवामा  रुची राख्ने उहाँ अमेरीकामा पनि दर्जन भन्दा बढी  सामाजिक क्षेत्रमा अबद्धता हुनुन्छ उहाँ Nepalese Association of Georgia (NAG) कोFounder तथा पुर्व अध्यक्ष  गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद अमेरीका(-NRNA NCC-USA अन्र्तगत नेपाली व्यापार तथा पर्यटन प्रबद्र्धन समितिको सह अध्यक्ष र NAG, NASEA, ANAका सल्लाहकार समेत रहनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय