स्मृति सुनार
गल्याङ २१ कार्तिक ।

तिहारमा देउँसी भैलोबाट संकलन भएको रकम गल्याङको आमा समुहले सामाजिक कार्यमा सदुपयोग गरेको छ ।
स्याङजाको गल्याङ नगरपालिका –३ स्थित मानव समानता आमा समुहले देउँसी भैलोबाट संकलित रमकबाट गल्याङ नगर अस्पताललाई कुर्सी हस्तान्तरण गरेको हो ।


विरामीलाई अस्पतालमा कुरुवा बस्दा प्रयोग हुने कुर्सी अस्पताललाई हस्तान्तरण गरिएको हो ।आमा समुहका अध्यक्ष प्रतिमा सुनार, सचिव अन्जु सुनार, सदस्य सुमित्रा सुनार, दुर्गा सुनारको टोलीले कुर्सी हस्तान्तरण गर्नुभएको हो ।

आमा समुहको कार्य उदाहरणीय रहेको भन्दै अरुले पनि यस्ता काम अनुसशण गनुपर्ने केन्द्रका सदस्य अर्जुन रानाभाटले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय