पाल्पा रामपुर

 रामपुर नगरपालिका वडा नं ६ पाल्पाले आलु उत्सव कार्यक्रम सुरु गरेको छ । कृषकलाई अनुदानमा आलुको वीउ वितरण गरी आलु उत्सव कार्यक्रम सुरु गरेको हो । कृषि र पर्यटन विकासको नारा बोकेको वडाले विजयपुर कृषि सहकारी संस्थाको सहकार्यमा यसवर्ष आलु महोत्सव मनाउने गरी कृषकलाई जनकदेव जातको आलुको मूल वीउ अनुदानमा वितरण गरेको छ ।

आलुको वीउ वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आलुको उत्पादन बढाएर यो क्षेत्रलाई नगरकै आलु हबका रुपमा चिनाउन सकियो भने पर्यटकहरु रामपुर भित्रने बताउनुभयो । उहाँले रामपुरमा बाहिरबाट ठुलो परिमाणमा विषादी युक्त तरकारी भित्रिएको हुदा अब स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आउँदो पुष १ गते देखि बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्ने अभियानमा नगरपालिका लागि परिरहेको बताउनुभयो । कृषकले उत्पादन गरेका कृषि उपज बजारमा बिक्री नभए बजारको प्रबन्ध नगरपालिकाले गरिदिने नगर प्रमुख थापा बताउनुहुन्छ ।

 वडालाई कृषिका रुपमा अगाडी बढाउन गतवर्ष कृषकलाई विभिन्न कृषिका मल वीउ वितरण गरिएको र यसवर्ष आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यका साथ अनुदानमा आलुको वीउ वितरण गरिएको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभएको छ । कृषकलाई करिव एक सय ५० रोपनी क्षेत्रफलमा आलुको वीउ वितरण गरेको र आगामी वर्ष आलुको क्षेत्रफल बढाउदै जाने वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले निर्वाहमुखी नभई व्यावसायिक रुपमा एक गाउँ एक उत्पादनमा जोड दिएर कृषकले व्यावसाय गर्नुपर्ने बताउनुभयो । थोरै थोरै विभिन्न जातका तरकारी लगाउनुभन्दा उत्पादनशिल क्षेत्र पहिचान गरी एक गाउँ एक उत्पादन गरियो भने कृषकले राम्रो आम्दानी गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताउनुभएको छ ।  कार्यक्रममा आलु खेती लगाउने प्रबिधि, आलुको उत्पादन, मलजल, रोग किरा नियन्त्रण, बजारीकरणका सम्बन्धमा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी गराउनुभएको थियो । उहाँले जनकदेव जातको एक किलो आलुको वीउबाट १५ किलो सम्म उत्पादन हुने र यो क्षेत्रमा आलु लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने बताउनुभएको छ । वडाले कृषकलाई सुचना आह्वान गरी निवेदन संकलन गरेर कृषकको मागका आधारमा आलुको वीउ उपलब्ध गराएको हो । वडामा रहेका नदी किनारा आयआर्जन महिला कृषक समुह, कंडेलवारी कृषक समुह, तालपोखरा कृषक समुह, जनजागृती कृषक समुह, मिलिजुली कृषक समुह, राधाकृष्ण कृषक समुहलाई गरी ११ क्वीन्टल, ६८ कृषकलाई प्रतिव्यक्ति ५० किलोका दरले ५० प्रतिशत अनुदानमा आलुको वीउ वितरण गरिएको छ । वडाले गतवर्ष पनि आलु खेती लगाउन ईच्छुक समुहलाई वीउ खरिदमा अनुदान रकम सहयोग गरेको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहकार लेखनाथ पोखरेलले वडाले आत्मनिर्भर बनाउन गरेको यो कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले वडाले गरेको कार्यको प्रशंसा गर्दै रामपुर क्षेत्रलाई मात्र नभई बाहिरी क्षेत्रमा निर्यात हुने गरी आलुको उत्पादन बढाउन अनुरोध गर्नुभएको छ । वडा सदस्य यमबहादुर भुजेलको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मीले धन्यवाद दिदै वडाले गरेका हरेक कृषिका कार्यक्रममा सहकारीले सहकार्य गर्दै अगाडी बढेको बताउनुभएको छ । वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएकाे हाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय