२० कात्तिक, काठमाडौं । विदेशी खेलाडीहरुको ठुला ठुला घर बंगला रहेको समाचार त हामीले मिडिया मार्फत सुनिरहेका छाँैँ र उनीहरुको लागि त्यो सामान्य पनि हो तर खेल खेलेरै आफु र परिवार पाल्न गाह्रो हुने हाम्रो जस्तो देशका खेलाडीले पनि आलिसान घर किने भन्दा झट् पत्यार लाउन गाह्रो नै पर्ला तर नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमा रहेको फराकिलो कम्पाउनन्डसहितको आकर्षक घर उनले केही दिन अगाडि खरिद गरेका हुन् ।

३ वर्षयता अन्तर्राष्ट्रिय टि(२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि(२० फ्रेन्चाइज खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् ।

हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि(१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् ।

इन्डियन प्रिमियर लिग ९आईपीएल०मा खेल्न थालेयता सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन । उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् ।

सन्दीपले यो घर साढे ४ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय