काठमाडौँ
२०७६।०७।२०

ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा घरदेश” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले बिदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गर्नुभएको थियो । विदेशी भूमिमा रहनुहुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।


गत कात्तिक १ मा ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा सम्पन कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन र श्रम सहचारी कृष्णकुमारी गौलीले श्रम कानुन र ओमानको बारेमा प्रकास पार्नु भएको
थियो ।


। कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि बिशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको “जहाँ छन बुद्धका आँखा” बोलको गीत गाएका थिए । दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफु नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताउनु भयो ।
आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र “परदेशमा घरदेश” कार्यक्रमका योजनाकार निर्मल ढकालले आफुहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताउनुभयो । यसको सुरुवाति अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने थप जानकारी गराएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय