परेवा खबर संवाददाता
काठमाडौँ ९कार्तिक । अर्याल समाज नेपाल जिल्ला कार्य समिती काठमाडौँले २०७६ सालको बडा दशैँ,दीपावली,छट एवं नेपाल सम्बंतको पावन अवसरमा वृहत चियापान तथा बन्धुहरु भेटघाट शुभकामना आदनप्रदान कार्यक्रम काठमाडौँको बागबजार स्थित हार्दिक होटलमा सम्पन्न गरेको छ ।


चियापान कार्यक्रममा बोल्नु हुँदै भुमी व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आफ्नो कुल वंश र दाजुभाईहरुको आवश्यकता विभिन्न परिस्थितिको बेला खड्किने बताउनु भयो ।

मन्त्री अर्यालले सानो घेरामा मात्र सिमित नभई समाजमा रहेको समग्र जाति वर्ग र समुदायको उत्थान हुनु पर्छ भन्ने सोचाई आफुमा भएता पनि चुनावी मैदानको दौरानमा होमिदा आफ्नो वंश कुल र आफन्ती दाजुभाईको आवश्यकता खड्किएको र यो आवश्यक रहेछ भन्ने महसुस गरेको बताउनु भयो ।

उहाँले बन्धुहरुवीचको आपसी सम्बन्ध प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिनु भयो साथै वंशको उत्पतिको विषयमा नालीवेली खोजीगर्ने समस्त विद्धानहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले यो कार्यक्रम संस्कार हस्तानतरण पनि भएको हुनाले समाजले अझै रचनात्मक कार्य गर्न तर्फ जोड दिनु पर्नेे बताउनु भयो ।


त्यस्तै गरी कार्यक्रमका विशिष्ट अतिथी प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले यस्ता खालको भेटघाटका कार्यक्रमहरुले बन्धुहरुवीचको सम्बन्ध प्रगाड,दिगो र विश्वाशिलो बनाउने बताउनु भयो । उहाँले समाजलाई आवश्यक परेको खण्डमा जुनसुकै सहयोग गर्न पनि तयार रहेको बचनबदता व्यक्त गर्नु भयो ।


त्यस्तै गरी पुर्व कानुन मन्त्री दिनबन्धु अर्यालले बन्धुहरुको यस्तो खालको जमघटले आफुलाई खुशी बनाएको बताउनु भयो ।


कार्यक्रममा संस्कृतिविद तथा वरिष्ठ साहित्यका विष्णुप्रभात,अर्याल समाज नेपालका केन्द्रिय सदस्य ई अरुण अर्याल,नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्याल,नेपाल स्काउटका काठमाडौँ जिल्ला आयुक्त शिवराम अर्याल,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, ज्ञासविक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्याल,अन्तराष्टिय व्याटमिनटन एम्पाएर उदय अर्याल,अधिवक्ता सारदा अर्याल लगाएतका अतिथीहरुको उपस्थिति रहेको थियो ।


समाजका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षता र सपना अर्यालको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कुशल अर्यालले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय