चाइनाले बनायो यस्तो डरलाग्दो हतियार

बेजिङ,१९ असार– चीनले लेजरवाला हतियार  बनाएको छ ।  यस्लाई जेडकेजेडएम नाम दिइएको छ । आम बोलिचालीमा एसलाई एके ४७ का नामले चिनन्छि । यो हतियारले एक किलोमिटर परसम्म मारहान्न सकिन्छ । यस्ले दुई सेकेन्डमै एक हजार पटक फायर गर्न सक्छ ।

यो हतियारबाट एक किसिमको प्रकाश शक्ति निस्कन्छ जसकारण यस्लाई सामान्य आँखाले देख्न पनि सकिन्न । लेजर बन्द कोठा वा दराजबाट पनि प्रहार गर्न सकिन्छ । यस्ले शरिरका तन्तुहरुलाई पनि असर गर्नसक्छ । अनुसन्धानमा जोडिएका एक वैज्ञानिकका अनुशार यो डिभाइसले तत्काल जलाएर मार्नपनि सक्छ । लेजर बमका कारण हुने जलन पनि असह्य पीडादायी हुने ती अनुसनधानकर्ताको दावी छ ।

आतंकवाद विरुद्घ प्रयोग हुनेः
१५ एमएम लम्बाई रहेको यो बन्दुकको तौल जम्मा तिन किलोको मात्र छ । यसकारण यस्लाई कार तथा विमानमा लगाउन सकिन्छ । पहिलो पटक यो आउनासाथ यस्लाई आतंकवाद विरुद्घको अप्रेशनका लागि चीनिया प्रहरीले प्रयोग गरेको थियो । यसको प्रयोगबाट बन्द रहेको कोठा भित्र पनि प्रहार गरेर आतंकवादीहरुलाई हमाला गरि फसेका मानिसहरुको उद्दार गर्न सकिन्छ । यस्को प्रयोग सेनामा पनि गरिएको छ । यसको मद्दतले शैनिक एरपोट्रमा रहेको तेल भन्डारणलाई लेजर प्रहार गरेर नष्ट गर्न सकिन्छ ।

व्याट्रीवाटै चल्छः
लेजर राइफललाई रिचार्ज गर्न सकिन्छ । यसमा मोबाइलमा जस्तै सुख्खा व्याट्री हुन्छ । चीनका कम्पनी जेडकेजेडएमले अहिले यस राइफललाई नमुनाको रुपमा उत्पादन गरिरहेको छ । यसको लागत मुल्य १५ हजार डलर अर्थात नेपाली रुपैया करिब १६ लाख पर्ने बताइएको छ । यस्को उच्च उत्पादनको लागि कम्पनीले लगानीकर्ता पनि खोजिरहेको बताइन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय