काठमाडौँ २ कार्तिक । पाल्पा समाज जापानले जापानको टोकियोमा शुभदिपावलिको अवसरमा देउसि भैलो तथा शुभकामना आदन–प्रदान कार्यक्रम गर्ने भएको छ । २०१९,October २७ आईतबार लक्ष्मीपूजाको दिन पारेर उक्त कार्यक्रम गर्न लागिएको हो ।

पाल्पा जिल्लाबाट जापानको बिभिन्न क्षेत्रमा छरिएर रहेका पाल्पालिहरुको साझा समाज पाल्पा समाज जापानले विगतमा पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस बर्षपनि शुभदिपावलिलाई अवसर पारेर टोकियोमा देउसि भैलो तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको यस मंचका अध्यक्ष निरन्जन गैरेले जानकारि दिनु भयो ।

सबैले यसै सूचनालाई आधार मानेर जापानको टोकियो स्थित ओओकूबोमा रहेको सोलमारी रेष्टुरेन्टमा उपस्थित भैदिनुहुन पाल्पा समाज जापानले सबैलाई अनुरोध पनि गरेको छ । देउसिभैलो कार्यक्रम २७ गते आइतबार बेलुकाको ठीक ५बजेबाट सुरुहुने कार्यक्रम रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय