काठमाडौँ १ कार्तिक । गैरआवासिय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन ।

राजधानीको हायात होटलमा जारी संस्थाको ९ औं अधिवेशमा भएको निर्वाचनमा प्रतिस्पर्धी कूल आचार्यलाई पराजीत गर्दे पन्त प्यानलसहित विजयी भएका हुन् ।

गोर्खा स्थायी घर भएका जर्मन निवासी पन्त वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन । उनी युरोपमा सफल व्यवसायी समेतका रुपमा परिचित र स्थापित समाजसेवी हुन् ।

त्यसैगरी महासचिवमा पन्तको प्यानलबाट डा. हेमराज शर्मा जियी बनेका छन् । उनले आचार्यको प्यानलकी जानकी गुरुंगलाई पराजीत गर्दै वजियी बनेका हुन् । त्यसैगरी कोषाध्यक्षमा महेश कुमार श्रेष्ठ विजयी बनेका छन् । उनले सुदन थापालाई पराजीत गरी विजयी बनेका हुन् ।

त्यसैगरी सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल विजयी बनेका छन् । उनले प्रतिस्पर्धी गोविन्द गौतमलाई भारी मतान्तरले पराजीत गरी विजयी भएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय