बन्दना पोखरेल
असोज २९, पाल्पा
रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रदेश नम्वर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले गर्नुभएको हो ।
प्रदेश सभा सदस्य खनालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रयाप्त उत्पादन नगरे सम्म गाउँ समृद्ध नहुने हुदा नाफामुखी नभएर उत्पादनमुखी काम गर्नुपर्ने बताउनुभयो । सहकारी संख्यात्मक रूपमा धेरै हुनुभन्दा बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई छ । सीत भण्डारण देखि , प्रदेश ५को मुख्य बाटोको रुपमा रामपुर कपुरकोट सम्मको बाटो रामपुर झ्यालबास मोटरबाटोका कुरा साथै आर्थिक समृद्धिका लागि राज्यका योजनाका कुरा र्गदै कृषीमा आत्मर्निभर हुनु पर्नेमा जोड दिनु भएकोृ छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सहकारीले जनताको आयस्तर बढाउने खालका काम गर्नुपर्ने बताउनुभयो । रामपुर नगरपालिका भित्र सहकारी सम्बन्धी राम्रो काम गर्न नसकिएको नगर प्रमुख थापाले बताउनुभयो ।
रामपुर नगरपालिकाले नगरको पूर्वाधार विकासमा जोड दिएको बताउँदै नगर प्रमुख थापाले अध्याँरोमा जीवन व्यतित गरेका नागरिकको घरमा आउँदो मंसिर भित्र बिद्युत् लाईन बिस्तार गरी उज्यालो नगर घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले असार मसान्त सम्म तीन हजार आठ सय ९६ सेयर सदस्यहरु संग ३७ करोड २३ लाखको पूँजी सहित आफ्ना कार्यक्रमहरु संचालन भइरहेको जानकारी दिदै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सहकारीले सेयर सदस्यको हितका लागी आर्थिक क्रियाकलापमा जोड दिएको बताउँदै अध्यक्ष श्रेष्ठले संस्थाको बित्तिय सुशासन सहित गुणस्तरीयता कायम गर्न नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राबिधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) का लागि सम्झौता गरी कार्यप्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
सहकारीले रामपुर नगरपालिकाका १० वटै वडा, निस्दी गाउपालिकाको वडा नं १, २, ३ , ४ र ५ र पुर्वखोला गाउपालिकाको वडा नं १ मा सेवा दिदै आएको छ ।
सहकारीले ७५ वर्ष माथिका ११ जना ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरेको छ । माधवप्रसाद उपाध्याय, लिलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुंगाना, लोकबहादुर क्षेत्री, टेकबहादुर श्रेष्ठ, तेजप्रसाद ढकाल, डिलनारायण श्रेष्ठ, देवकला बस्याल, सुकबहादुर कुमाल र देवबहादुर मल्ललाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर पाँचका प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, कालिगण्डकी विकास अभियान्ता शान्तबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ, उपाध्यक्ष नगिलाल पौडेल लगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गर्नुभयो ।
उत्कृष्ट बाल वचततर्फ जङ्सङ थापा, वर्षा अधिकारी, असल ऋषितर्फ दिलकुमारी पुलामी, देवराज पंगेनी, नियमित असल वचतकर्ता खेमकुमारी सारु मगर, श्रीकृष्ण श्रेष्ठलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा कालिगण्डकी विकास अभियान्ता शान्ताबहादुर श्रेष्ठले कालीगण्डकीको महत्व र डाइभर्सनका सन्दर्भमा बोल्दै नदी डाइभर्सनले राम्दीदेखी तल्लो तटिय क्षेत्रमा पार्ने असरका बारेमा जानकारी गराउनुभएको थियो ।
शहिद बहुमुखी क्याम्पसका अध्यक्ष देवराज ढकाल, नेकपा नगर कमिटी अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, जिल्ला सहकारी वचत तथा ऋण सहकारी संघका सदस्य सुर्यप्रसाद रेग्मी, पृथ्वी टेलिभिजनका निर्देशक छवि खनाल, सेयर सदस्य अर्जुन सुनार, सन्जुदेवि परियार लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । बन्द सत्रको संचालन संचालक समिति सदस्य राजेन्द्रप्रसाद बस्ताकोटिले गर्नुभएको थियो ।
बन्द सत्रमा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष भोजराज भट्टराई, सचिवको प्रतिवेदन सचिव लेखनाथ शर्मा मरासिनी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक ज्ञानेन्द्रप्रसाद गैरेले पेश गर्नुभएको छ । सो प्रतिवेदन बहुमतले पारित गरेको छ ।