काठमाडौँ २९ असोज । काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।  चियापानका लागि खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरिएको छ ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित भएका छन् ।

चियापानस्थल भृकुटीमण्डपको गेटदेखि भित्र बगैचासम्म ध्वजापताका र गेट बनाएर सजाइको छ । कार्यकर्ताले नेकपाको चुनावचिन्ह अंकित टोपी लगाएका छन् ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको छ भने ३ बजेपछि कुटनीतिक नियोगका अधिकारीका लागि चियापानको व्यवस्था गरिएको छ । कुटनीतिक नियोगका पदाधिकारीका लागि छुट्टै कार्यक्रम स्थल बनाइएको छ । 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय