काठमाडौ २७ असोज । अर्याल समाज युएईले वडा दशैको अवसरमा टिका जमरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

समाजले आफ्नो पहिलो कार्यक्रमको रुपमा युएईमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बडादशैको अवसरमा टिका जमरा लगाईदिएर हर्षोल्लासका साथ दशैँ मनाएको हो ।
समाजका अध्यक्ष कैलास अर्यालकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा करिब ४० जना जति नेपाली दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

प्रदेशमा रहेता पनि आफ्नै गाउँघरकै विधिपद्धति जसरीनै दशैँ मनाउन पाउँदा नेपालीदाजुभाईहरु खुशी भएको नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय