बन्दना पोखरेल

पाल्पा रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले असोज २९ गते वार्षिक साधारण सभा मनाउँदैछ । संस्थाको कार्यालय बेझाड बजारमा संचालक समिति, उपसमितिको बैठक बसेर संस्थाको १२ औँ साधारण सभाका सन्दर्भमा छलफल भएको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले आउँदो असोज २९ गते हुने संस्थाको वार्षिक साधारण सभाबारे जानकारी दिदै सबैलाई कार्यक्रम सफल पार्न अनुरोध गर्नुभएको छ । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकको संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । विसं २०६५ मा चन्द्रज्योती वचत तथा ऋण सहकारी संस्था र रामपुर वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भई यस सहकारीले पूर्वी पाल्पालाई कार्यथलो बनाएर काम गर्दै आइरहेको छ । एकीकरणको १२ औँ वार्षिक साधारण सभा असोज २९ गते बुधवार रामपुरको बेझाड बजार स्थित नगरपालिकाको प्राङ्गणमा मनाइने भएको छ । रामपुर नगरपालिका सहित निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ र पूर्वखोला गाउँपालिका वडा नं १ लाई कार्यक्षेत्र बनाएर सहकारीले काम गरिरहेको छ । परिवारसंग निकटता जनाउनका लागी कोष संचालन गरेको र अन्य कोष पनि संचालन गर्ने, सेयर सदस्यलाई पेन्सन दिने सहकारीको योजना रहेको छ । सहकारीले दुर्घटनामा परी मृत्यु भएमा परिवारलाई रु एक लाख दुर्घटना बिमा रकम वितरण गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय