बन्दना पोखरेल रामपुर पाल्पा

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २१ औं वार्षिक साधारण सभा तथा संचालक समितिको निर्वाचन सम्पन्न भएको छ । आधारभूत माध्यमिक विद्यालय रामपुर ७ को प्राङ्गणमा शनिबार एक समारोहका विच सहकारीले साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष तिर्थ प्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका जेष्ठ सेयर सदस्य पूर्ण कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । ८६ वर्षिय श्रेष्ठले दिप प्रज्वलन गरी साधारण सभाको उट्घाटन गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले नगर भित्रका सहकारी व्यस्थित गर्न लागि परेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले व्याजदर समायोजन गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा समाजसेवी देवराज ढकालले स्थानिय उत्पादनको प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका नगर अध्यक्ष कमलराज भट्टराईले बैंक नपुगेका स्थानमा पुगेर संस्थाले गरेको कार्यको प्रसंशा गर्नु भयो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले संस्थालाई स्थापनकाल देखि अहिलेको अवस्था सम्म ल्याउनका लागि योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामटार सेवा केन्द्रका सेयर सदस्य कमलराज वस्ती, ताहुँ सेवा केन्द्रका सेयर सदस्य यमकला खनाल, जब्गादी सेवा केन्द्रका सेयर सदस्य सम्झना खनाल र हेम कुमारी आचार्यले बोल्दै संस्थाले आफुले लगानी गरेका क्षेत्रको निगरानी गर्नु पर्ने बताएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तिर्थ प्रसाद पंगेनीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा गत असार मसान्त सम्ममा ९ हजार ५ सय ५१ सेयर सदस्य पुगेको र गत आर्थिक वर्षमा २ करोड ९४ लाख २३ हजार ५ सय ९७ रुपैयाँ २९ पैसा खुद नाफा गर्न सफल भएको जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा संस्थाले ७० वर्ष माथिका थप १९ जना जेष्ठ नागरिकलाई जेष्ठ सेयर सदस्य पेन्सनका लागि पास बुक हस्तान्तरण गरेको छ । संस्थाले दुई वर्ष अघि देखि ७० वर्ष माथिका जेष्ठ सेयर सदस्यहरुलाई प्रति महिना ५ सयका दरले पेन्सन प्रदान गर्दै आएको छ । यस संगै पेन्सन लिने जेष्ठ नागरिकको संख्या ८० जना पुगेको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । संस्थाले रामपुर नगरपालिका संगै निस्दी, रम्भा र पूर्वखोलाका नागरिकलाई रामपुरमा प्रधान कार्यालय मार्फत र अन्य ४ स्थानमा सेवा केन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ । संस्थाका उपाध्यक्ष सागर प्रसाद देवकोटाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद लम्सालले गर्नु भएको हो । अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्वमा सागर प्रसाद देवकोटा चयन भएका छन् । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचनले सर्वसहमतिमा देवकोटाको अध्यक्षतामा १३ सदस्य नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद न्यौपाने, सचिवमा ओम प्रकाश बस्याल, सह–सचिवमा यम प्रसाद श्रेष्ठ, कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेल चयन हुनु भएको छ । सदस्यहरुमा रमेश पोखरेल, हुम कुमारी सुनारी, सुलेखा भण्डारी, लक्ष्मी देवि ढकाल, पार्वती विश्वकर्मा, उमा कुमारी श्रेष्ठ, मुक्ति प्रसाद भट्टराई र मनोरथ भट्टराई रहेका छन् । त्यस्तै विष्णु प्रसाद लम्सालको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन भएको छ । समितिको सदस्यमा कृष्ण भण्डारी र डिल बहादुर राना रहनु भएको छ । नवगठित समितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक मोहन भट्टराईले सपथ ग्रहण गराउनु भएको थियो । संस्थाका सल्लाहाकार दयाराम भट्टराई र ध्रुर्वराज पोखरेल नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नव निर्वाचित अध्यक्ष देवकोटाले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो । नव गठित समितिकोे कार्यकाल ४ वर्षको लागि रहने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय