राष्ट्रिय युबा संघ नेपाल रामपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज २०

बिजया दशमी शुभ दिपावली नेपाल सम्बत ११४० तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम रामपुर ५को रेशम सभा हलमा सम्पन्न भएको छ । राष्ट्रिय युबा संघ नेपाल रामपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा पाल्पा जिल्ला अध्यक्ष यबम प्रदेश साम्सद नारायण आचाॠ रहौ भएको हो । प्रमुख अतिथी आचार्यले बोल्दै नेपालीहरुको महान चाड बडा दशैले सबैमा खुशियाली छाओस भन्दै समृद राष्ट्र निर्माणमा लाग्न सबै युबाहरुलाइ अनुरोध गर्नु भएको छ ।पेशा व्यबसाय कृषि लगायतको काम मा लाग्न भन्दै यसको निम्ति राज्यले सहयोग गरिरहेको बताउनु भएको छ । उहाँ एक फरक प्रसङ्गमा बोल्दै बाटो पिच यो बर्ष सबै भन्दा धेरै भएको घर घर मा धारा बत्तिको लागि काम भैरहेको बताउनु भएको छ । नेकपा गण्डकी प्रदेश सदस्य किशोर बिक्रम मल्ल उमेर ले मात्र व्याक्ती युबा हुदैन सोच बिचार र मष्तिस्कले मानिस युवा हुन्छ भन्दै अहिले सरकार लाई चारै तिर बाट घेरिएको छ यसले गरेको राम्रा काम लाई ओझेल पारेर गलत प्रचार भैरयको यो अबस्थामा युबाहरु रचनात्मक, अनुसासित , मेहनेती ,नैतिकवान, र खबरदारी गर्न सक्ने युवाहुनु आबश्य छ । बिकृती बढिरहेको छ नेता र नेतृत्वको भिन्नता का बारेमा बोल्दै आचरण र जिबनसैलिलाई परिवर्तन गर्दै जानू पर्ने अहिलेको आबस्यकता रहेको बताउनु भएको छ ।त्यस्तै गरि शुभकामना दिने हरुमा प्रदेश साम्सद युबराज खनाल, जिल्ला कमिटी सदस्य नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही सदस्य नर बहादुर घर्ती,नेकपा नगर अध्यक्ष कमलराज भट्टराई जिल्ला कमिटी पाल्पाका सदस्य कमल सेन, दुर्गा देबि राना , जनसस्कृतिक मन्चका सम्योजक नारायण खनाल लेकाली, पाल्पा काठमाडौ सम्पर्क मन्च का अध्यक्ष निल सारु , युबा नेता जीवन अचार्य लगायतले शुभकामना व्यक्त गर्नु भएको हो । राष्ट्रिय युबा संघ नेपालका रामपुर सम्योजक बिष्णु प्रसाद आचार्यको अध्यक्षता भएको कार्यक्रममा नेकपा नगर सचिब दामोदर पाठकको स्वागतमा सुरु भएको थियो । गाउँ बाट बाहिर विभिन्न पेसा व्याबसाय गरेर बस्ने नेकपा समर्थक युबा समेतको उपस्थिति भएको कार्यक्रममा उपस्तिथि सबै लाई धन्यवाद नगर सदस्य सुरक्षा रायमाझीले गर्नु भएको हो भने कार्यक्रमको सन्चालन हरि ज्ञवालिले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय