रामपुर नगरपालिकाले बजार अनुगमन गरेको छ

बन्दना पोखरेल रामपुर पाल्पा असोज १६

रामपुर नगरपालिकाले चाडपर्बको बेलामा उपभोक्ताहरूको स्वास्थ्य र आर्थिक हितलाइ मध्यनजर गर्दै बजार अनुगमन गरेको छ । बस्तु वा सेबाको गुणस्तर परिणाम र मुल्यको अनियमितताबाट उपभोक्तालाइ संरक्षण गर्ने उदेश्यले कालिगण्कि क्षेत्रको मुख्य व्यापारिक केन्द्र बेझाड बजार क्षेत्रको अनुगमन गरेका हो। ५० बटा खाद्य पसल सृङ्गार पसल मेडिकलहरूमा अनुगमन  गरिएको छ । अनुगममा अधिकाम्स पसलमा स्थानिय सरकारमा दर्ता नभएका नबिकरणा नगरिएका , सरसफार्इको अभाव मुल्य सुचि नभएको र केहि पसलमा  म्याद सिद्दियका बस्तु भेटियका छन्। पसलमा विक्रीका लागि राखियका बिस्कुट, पाउरोटि, बेबि वयल , नेहा , फुरनदाना  लगायतका बस्तुहरू म्याद नाघेको भेटियको छ। अनुगममा भेटिएका वस्तुहरू पसल बाट जफत गरि नस्ट गरियको छ । त्यस्तै गरि अनुगमनका क्रममा २ बटा पसललाइ ताला लगाइएको थियो र पछि अवस्यक कागज पत्र र नगरपालिकाले दिएको सुझाव पछि एक  चाउचाउ उद्योग खोलिएकोछ भने प्रकृतिक उपचार परामर्श एण्ड खाद्य पुरक थेरापि भने खोलिएको छैन ।नगरपालिकाका उपप्रमुख बिष्णु देवि घिमिरे अचार्यको नेतृत्वमा भएको बजार अनुगमनमा  प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल  इर्लाका प्रशासन कार्यालय पाल्पाका रामलखन बानिया , र्इलाका प्रहरि कार्यालय रामपुरका प्रतिनिधि जनप्रतिनिधि सरोकारबाला र पत्रकार प्रतिनिधि लगायतको सहभागी समुहले पसलहरूको अनुगमन गर्दै ब्याबसायी हरूलाइ ब्याबसाय संबन्धि आबस्यक सल्लाह सुझाव दियको थियो। जफत सामानहरूको नस्ट गर्दै यस्तो अनुगमन लाई नगरपालिकाले निरन्तरता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभएको छ  ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय