बन्दना पाेखरेल ,असाेज १५

रामपुर पाल्पा

पुर्वखाेला गाउँपालिकाले सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको छ । वडा नं. १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे संगै गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा भएको हो । औपचारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि गाउँपालिका नै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका भएको छ । प्रदेश नं. ५ का सांसद युवराज खनालले बुधबार वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नु भएको हो । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै प्रदेश सांसद युवराज खनालले स्थानिय संगै संघिय र प्रदेश सरकार संविधानले प्रदान गरेको स्वस्थ्य सम्बन्धी अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाले आमा तथा बच्चाको सुरक्षाको लागि स्थानिय तहले चालेको कदमको प्रशंसा गर्दै घोषणा संगै निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वडा नं. १ का वडा अध्यक्ष भोग बहादुर थापा र सिलुवा स्वस्थ्य चौकी प्रमुख बसन्ता केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाले संभवत प्रदेश नं. ५ मै पहिलो पटक सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सफल भएको बताउनु भएको छ । उहाले गाउँपालिका जब सम्म उचित शिक्षालाई दिन सकिन्न तब सम्म विकास सम्भव नहुने भएकाले स्तरिय शिक्षा प्रदानमा लागि परेको बताउनु भएको छ । कार्यक्रममा पूर्व खोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थीले संविधानले प्रदान गरेको अधिकार प्रयोग गरि काम शुभारम्भ गरेको बताउदै   नागरिक सेवा प्रदान गर्ने दायित्व निर्वाह गरेर स्वास्थ्य संस्थामा लगानी गरिएको र यस घोषणाले सभ्यताको पहिचान दिएको बताउनु भएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्य, स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकाल, सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदिप आचार्य, जनमार्ग माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद भारती, हेक्लाङ्ग स्वास्थ्य चौकीका प्रमुख अमृत श्रेष्ठ, महिला स्वास्थ्य स्वयम सेविका कमला ढकालले घोषणा संगै स्थानियहरुलाई थप जागरुक गराई निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताएउनु भएको थिए । सिलुवा स्वस्थ्य चौकीका प्रमुख बसन्ता केसीले वडामा गत वर्ष ९४ जना सुत्केरी भएकोमा ४२ जनाले सिलुवा स्वस्थ्य चौकी बाट र ५२ जनाले अन्य स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएको बताउनु भएको छ ।

कार्यक्रमको अवसरमा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पूर्वखोला १ का वडाअध्यक्ष भोग बहादुर थापाको अध्यक्षतामा दार्सिङ्ग भञ्ज्याङ्गमा भएको कार्यक्रम सिलुवा स्वस्थ्य चौकीका प्रमुख बसन्ता केसीको स्वागत र हात्तीलेक सामुदायिक विकास बहुउद्देश्य सहकारी संस्थाका प्रमुख ज्ञान बहादुर रानाको सञ्चालनमा भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय