रामपुर पाल्पा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामपुर नगरकमिटी को आयोजनामा शोक सभा भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवम् संविधान सभाका सदस्य राधाकृष्ण कंडेलका पिता गुणाखर कंडेलको ८१ बर्षको उमेरमा भएको निधन भएको हो।शोक सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय कमिटी सदस्य एवं पाल्पा क्षेत्र न २ संघीय साम्सद सोम प्रसाद पाण्डे प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती साम्सद पाण्डेले स्वर्गीय गुणाखर कंडेलका प्रती श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले समाज बिकासमा पुर्याउनु भएको योगदान को प्रसम्सा गर्नु भएको थियो ।मान्छे जन्मे पछि मर्छ तर मरण कस्तो रयो र सामाजमा उसको योगदान कस्तो थियो भन्ने महत्त्वपूर्ण रहेको बताउदै शोक सन्तब्ध परिवारमा स्वर्गीय बुवाले देखायको बाटो हिड्न साथै धैर्य गर्न सक्ने शक्ति मिलोस भन्दै समबेदना व्यक्त गर्नु भएको छ । स्वर्गीय कंडेलको जिबनीका बारेमा नेकपा वडा न ६ वडा कमिटी अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनु भएको थियोे । पन्चायत कालमा वडा अध्यक्ष हुनुभयको स्वर्गीय कंडेलको जन्म १९९५ तत्कालीन पाल्पा हाल नवलपरासी मिथुक्रममा भएको हो ।उहाँ विभिन्न विद्यालय व्यवस्थापन समिति निर्माण समिति मा रहेर काम गर्दै आउनु भएको एक सामाजिक व्याक्तित्व हुनुहुन्थो । नेकपा नगर कमिटी अध्यक्ष कमलराज भट्टराईको अध्यक्षता मा भएको शोक सभामा परिवारको तर्फबाट धन्यवाद जेठा छोरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य एवम् संविधान सभाका सदस्य राधाकृष्ण कंडेलले दिनु भएको हो । नगर सचिब दामोदर पाठकले सन्चालन गर्नु भएको कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्यहरु प्रदेश कमिटी ,जिल्ला कमिटी स्थानीय कमिटी शुभचिन्तक आफन्त इस्टमित्र साम्सद लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रामपुर ६ तालपोखरामा भएको हो ।उहाँ ३ श्रीमती ८ छोरा ८ बुहारी ८ छोरी ६४ जनाको परिवार रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय