बन्दना पोखरेल
पाल्पा (रामपुर)

रामपुर नगरपालिका वडा नं. ७ ले विहिबार शुभकामना आदनप्रदान तथा सार्वजनिक सुनुवाई सहित वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडाले एक कार्यक्रम गरी २०७६ सालको विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान संगै आर्थिक वर्ष २०७५÷०७६ को सार्वजनिक सुनुवाई गरेको हो । शहिद बहुमुखी क्याम्पस रामपुरको सभाहलमा भएको कार्यक्रम उट्घाटन संगै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिका ७ ले शुभारम्भ गरेको भेटि पेटिका कार्यान्वयन तथा शुन्य होमडेलीभरी प्रतिबद्धताको घोषणा र्गनु भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले रामपुर नगरपालिका साझा विकास र समानुपातिक विकासको अवधारणाका साथ अघि बढेको बताउदैृ उहाँले विकास एकै पटक सम्भब नभएकोले क्रमिकरुपमा हुने यसकालागि सवैले सहयोग र्गन आग्रह समेत र्गनु भएको छ । फरक प्रसंगमा बोल्दै नगर प्रमुख थापाले समग्र कालीगण्डकी बेशी क्षेत्रको जीवन कालीनदीको भरमा रहेकाले याहाँको संस्कृतिक महत्व र पर्यवरण जोगाउनका लागि जुट्ने समय आएको बताउनु भएको छ । कुनै बाद र सिद्धान्त भन्दा बाहिर रहेर कालीनदी बचाउ अभियानमा होमिन आग्रह र्गनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगर भित्रको सार्वजनिक सेवा प्रवाहमा रामपुर नगरपालिका ७ ले खेलेको भुमिकाको प्रशंसा गर्दै शुसासनका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । रामपुर नगरपालिका वडा न७ ले जनताको सुबिधाका लागि हेल्प डेक्स सुरुगरेर जनता प्रति अझ उत्तरदायी भएको बताउनु भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्र नं. १ का संयोजक बुद्धिराज गौतम, नेपाली कांग्रेस रामपुरका नगर कार्यसमितिका सचिव चिरञ्जीवि सिग्देल, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका प्रतिनिधी सुकदेव पोखरेल, रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गाना, नेपाली कांग्रेस रामपुर ७ का वडा सभापति दोवराज तिवारी, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर ७ का वडा अध्यक्ष केशवराज पोखरेल, टोल विकास समितिको तर्फ बाट मनोरथ भट्टराई, किसानबारी उज्वल उत्थान महिला समुहका अध्यक्ष मन्जु राना, शहीद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्ले र पत्रकार बन्दना पोखरेलले वडाले थालेको अभियानको चर्चा र्गनु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले वडाको गत वर्षको कार्यक्रम र अगामी योजनाका बारेमा जानकारी दिदै गत वर्ष वडागत ४५ वटा र नगर गत १५ वटै योजना गरी शतप्रतिशत योजना सम्पन्न भएको बताृउनु भएको हो । उहाँले नागरिकको सहायतालाई मध्यनजर गर्दै हेल्पडेक्सको स्थापना समेत गरिएको बताउनु भएको छ । वडा अध्यक्ष पंगेनीको अध्यक्षतमा भएको कार्यक्रम वडा सदस्य मिठु मायाँ सुनारको स्वागत, वडा सदस्य कमलराज भट्टराईको धन्यवाद र रामपुर नगरपालिका वडा नं. ७ का वडा सचिव गिता लम्साल पौडेलको सञ्चालनमा भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय