पुनाराम सुनारी काठमाडौँ

गायिका रिता केसीले के प¥यो कान्छाको पुरा नाम नयाँ गीत सार्वजनिक गरिकी छिन् । उक्त गीत गायिका रिता केसीले आफ्नै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । उनले शुक्रबार उक्त भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा रिता केसी र ध्रुव बिस्टको स्वर रहेको छ । सार्वजनिक गरिएको लोक आधुनिक गीति भिडियोमा नायिका नम्रता सापकोटाको साथमा गम्भिर बिस्टले फिचरिङ गरेका छन् ।

बिस्ट गीतका निर्देशक समेत हुन् । धनबिर पुनको शब्द, दिपक शर्माको संगीत रहेको उक्त गीतको संयोजन उदय राज पौडेलले गरेका छन् । नवराज उप्रेतीको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको गितमा कोरियोग्राफी सुवोल थापाको रहेको छ । उक्त गीतले अहिले चर्चा पाई रहेको छ । हेर्नुहोस् पुरा भिडियो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय